Logo
४ आश्विन २०८१, शुक्रबार
(September 4, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रचण्डले जनता भड्काउन खोजे सफल हुन दिँदैनौं : ओली

 प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनता भड्काउने प्रयास गरे पनि त्यो सफल नहुने बताएका छन्।

पार्टी कार्यालय च्यासलमा जारी नेकपा एमालेको पोलिटब्युरो बैठकलाई मंगलबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सदन र सडक आन्दोलनको धम्की दिएर प्रचण्डले जनतालाई भड्काउन खोजेको सदस्यहरुलाई ब्रिफिङ गरेका थिए।

प्रधानमन्त्री ओलीले सरकारका काम, पछिल्ला राजनीतिक घटनाक्रमलगायतका विषयमा बैठकलाई जानकारी दिएको एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले बताए।

बैठकमा प्रधानमन्त्री ओलीले सरकारमा रहेर सतर्कतापूर्व जनताका मुद्दा सम्बोधन गरेर जानुपर्ने र त्यही गतिमा पार्टी कमिटीहरुलाई पनि चलायमान बनाउन निर्देशन दिए।

उनले स्थानीय तहको उपनिर्वाचनमा गुटबन्दीमा नलागी जित्ने गरी काम गर्नसमेत नेताहरुलाई निर्देशन दिए।

बैठकमा महासचिव शंकर पोखरेलले पार्टीको आगामी कार्ययोजना प्रस्तुत गर्नुभएको छ। महासचिवको कार्ययोजनामाथि आज छलफल हुने र बैठक आजै सक्ने एमालेको तयारी छ।

प्रकाशित मिति: Sep 4, 2024

प्रतिक्रिया दिनुहोस्