Logo
३१ भाद्र २०८१, सोमबार
(September 4, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

केपी शर्मा ओली फेशबुक पेज अनफलोको बाढी, अनफलो गर्नेमा मेयर बालेनका समर्थकहरु

काठमाडौं, १८ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीको फेशबुक पेज केपी शर्मा ओली अनफलोको बाढी आएको छ । काठमाडौंका मेयर बालेन्द्र शाहका समर्थकहरुले ओलीको भेरिफाईड पेज अनफलाको अभियान छेडेका हुन् । यो समाचार तयार पार्दासमेत ओलीको पेजमा लाईक गर्नेहरु हजारौंको संख्यामा घटेका छन् ।

अहिले ६ लाख १७ हजार फलोअर्स छन् । काठमाडौंका मेयर शाहले एमालेकी प्रदेश सांसद रेखा शर्माले नाबालिकालाई घरमा काम गर्न राखेर बाल शोषण गरेको भन्दै कारबाही गर्न माग गरेका थिए । एमाले समर्थकहरुले रिपोर्ट गरेपछि बालेनको स्टाटस फेशबुकबाट गायब भएको छ ।

त्यही सन्दर्भमा बालेनले “फेशबुकमा पोस्ट उडाउने हैन, दोषी समाउ सरकार । म गलत हो भने मलाई समाउ, हैन भने दोषी समाउ” भनेर लेखेका थिए । यही सिलसिलामा बालेनका समर्थकहरुले एमाले अध्यक्ष एवम् प्रधानमन्त्री ओलीको फेशबुक पेज अनफलो गरेका हुन् । यो क्रम तिव्र गतिमा चलिरहेको छ ।

प्रकाशित मिति: Sep 4, 2024

प्रतिक्रिया दिनुहोस्