Logo
३१ भाद्र २०८१, सोमबार
(September 3, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मनाङ्गेलाई एमाले उपाध्यक्ष ज्ञवालीको जवाफ, ‘एमालेले तीन करोड दिएर मन्त्री किन्दैन’

काठमाडौं, १८ भदौ । नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले पार्टीले दीपक मनाङ्गेलाई तीन करोड दिएर मन्त्री पद नकिन्ने बताएका छन् ।

गण्डकी प्रदेश सभा सदस्य रहेका राजीव गुरुङ (दीपक मनाङ्गे) ले आफूले मन्त्री पद बेच्न लागेको अभिव्यक्ति दिएका थिए । उनले एमालेलाई ३ करोड र कांग्रेसलाई भए डेढ करोडमै मन्त्री दिने बताएका थिए ।

मनाङ्गेको सोही अभिव्यक्तिमा केन्द्रीत हुँदै एमाले उपाध्यक्ष ज्ञवालीले भने, ‘कांग्रेसले के गर्छ, उसैले जान्ने कुरा हो । एमालेले दिँदैन । एमाले खरिद विक्रीमा लाग्दैन । यस्ता विषयमा लागेपछि लोकतान्त्रिक गणतन्त्रकै बदनाम भयो । एमाले यस्तो काम गर्दैन । यो लज्जाजनक कुरा हो । यस्तो कुरामा कोही पार्टी र नेता लाग्न हुँदैन ।’

गण्डकी प्रदेश सभा सदस्य गुरुङबाट यस्तो कुरा आउनु लज्जास्पद रहेको उनले बताए । मनाङ्गे जस्ताले चुनाव जित्दा बारम्बार सरकार परिवर्तन, लेनदेन आदि इत्यादिमा अल्मलिएर बस्नुपर्ने स्थिति बनेको उनको टिप्पणी छ ।

‘यो दीपक मनाङ्गेको कुरा आइरहेको छ नि, यो त लज्जास्पद कुरा हो । यो लोकतन्त्रको लागि पनि लज्जाजनक कुरा हो । यस्ता मान्छेहरु चुनावमा उठ्ने, चुनाव जित्ने, यता र उता सरकार परिवर्तन गरिरहने, कहिले कुन पार्टीमा, कहिले कुन पार्टीमा जाने, अनि पैसाको बार्गेनिङ गर्ने, यो हामीलाई लाज लाग्ने कुरा भइसक्यो,’– उनले भने ।

प्रकाशित मिति: Sep 3, 2024

प्रतिक्रिया दिनुहोस्