Logo
४ आश्विन २०८१, शुक्रबार
(September 3, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बालुवाटार पुगेर प्रकाशले भेटे प्रधानमन्त्री

काठमाडौं, भदौ १८ । गोरखाको चुमनुब्री गाउँपालिकास्थित छेकम्पार (चुमभ्याली) मा तीन दशक बिताएका प्रकाश तामाङ (काले मोक्तान) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । उनले सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर ओलीलाई भेटेका हुन् ।

सोमबार साँझ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रकाश तामाङ नागरिकता बनाएर आज साँझ भेट्न आउनु भयो, नागरिकता बनेपछि उहाँलाई अरु कुरामा पनि सहज हुन्छ । खुशी लाग्यो । शुभ रात्रि !’ प्रधानमन्त्री ओलीले प्रकाशलाई भेट्न काठमाडौँ बोलाएपछि उनी भोजपुरबाट काठमाडौँ आएका हुन् ।

युट्युब लगायत समाजिक सञ्जालमा प्रकाशको जीवन कथा सार्वजनिक भएपछि ओलीले निवर्तमान गृह सचिव एवं हालका मुख्य सचिव एकनारायण अर्याललाई बोलाएर प्रकाशलाई नागरिकता दिलाउन आवश्यक पहल गर्न निर्देशन दिएका थिए । प्रकाशले गएको आइतबार भोजपुरस्थित आफ्नै घरमा नागरिकता पाएका छन् । प्रकाश गएको शनिबार गोरखाबाट भोजपुर पुगेका थिए ।

प्रकाशित मिति: Sep 3, 2024

प्रतिक्रिया दिनुहोस्