Logo
३१ भाद्र २०८१, सोमबार
(September 2, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

त्रिविले खुलायो डीनलगायत पदमा आवेदन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले विभिन्न तहका पदाधिकारी छनोटका लागि आवेदन खुलाएको छ ।

त्रिविले सोमबार एक सार्वजनिक सूचना प्रकाशित गर्दै ८ संस्थान तथा संकायमा डीन, ११ क्याम्पसमा क्याम्पस प्रमुखलगायत केही विभागीय प्रमुख, सहपरीक्षा नियन्त्रक नियुक्तिका लागि आवेदन माग गरेको हो ।

त्रिवि सभा तथा कार्यकारी परिषद्को सचिवालयले ८ वटा संकायको डीन नियुक्तिका लागि आवेदन माग गरेको छ ।

सचिवालयले चिकित्सा शिक्षा अध्ययन संस्थान, इन्जिनियरिङ अध्ययन संस्थान, कृषि र पशु विज्ञान अध्ययन संस्थान, वन विज्ञान अध्ययन संस्थान, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन संकाय, मानविकी तथा सामाजिक शास्त्र संकाय र शिक्षा शास्त्र संकायको डीन नियुक्तिका लागि आवेदन माग गरेको छ ।

इच्छुक उम्मेदवारले ७ दिनभित्र आवेदन दिनुपर्ने सूचनामा उल्लेख गरेको छ ।

परिषद्ले गत साता ३÷३ सदस्यीय छनोट समिति गठन गरेको थियो ।

त्यस्त, क्याम्पस प्रमुख छनोट समितिले काठमाडौं उपत्यकाका ३ सहित ११ क्याम्पस प्रमुखका लागि आवेदन माग गरेको छ ।

पृथ्वीनारायण क्याम्पस पोखरा, त्रिभुवन बहुमुखी क्याम्पस पाल्पा, सूर्यनारायण सत्यनारायण मोरवैता यादव क्याम्पस सिराहा, रत्नराज्य लक्ष्मी क्याम्पस काठमाडौं, रामस्वरुप रामसागर क्याम्पस जनकपुर, बुटबल बहुमुखी क्याम्पस, , डोटी बहुमुखी क्याम्पस डोटी, पाटन संयुक्त बहुमुखी क्याम्पस ललितपुर, विश्वभाषा क्याम्पस काठमाडौं, सुर्खेत क्याम्पस (शिक्षा) र जुम्ला क्याम्पसको प्रमुखका लागि दरखास्त माग गरेको छ ।

क्याम्पस प्रमुखका लागि आवश्यक कागजातसहित ७ दिनभित्र आवेदन दिन भनिएको छ ।

शिक्षा विकास तथा अनुसन्धान केन्द्र (सेरिड) को कार्यकारी निर्देशक नियुक्तिका लागि समेत आवेदन माग गरिएको छ ।

साथै त्रिविको परीक्षा नियन्त्रण कार्यालयसहित क्षेत्रिय कार्यालयमा ६ जना सहपरीक्षा नियन्त्रक नियुक्तिका लागि समेत रजिष्ट्रार कार्यालय अन्तर्गतको छनोटसहितले दरखास्त माग गरेको छ ।

यसैगरी त्रिविको परीक्षा नियन्त्रण कार्यालयसहित क्षेत्रिय कार्यालयमा ६ जना सहपरीक्षा नियन्त्रक नियुक्तिका लागि समेत रजिष्ट्रार कार्यालय अन्तर्गतको छनोटसहितले दरखास्त माग गरेको छ । यी पदहरू खाली भएकाले निमित्तको भरमा चलेको थियो ।

मेरिटका आधारमा पदाधिकारी नियुक्ति गर्ने भन्दै त्रिविले यसअघि नै सावधिक पदमा नियुक्तिका आधार र मापदण्डसम्बन्धी विनियम २०८१ जारी गरिसकेको छ ।

प्रकाशित मिति: Sep 2, 2024

प्रतिक्रिया दिनुहोस्