Logo
३१ भाद्र २०८१, सोमबार
(September 2, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शेयर बजारमा पुन: उछाल, १२७ अंकले नेप्से बढ्दा १३ अर्बभन्दा बढीको कारोबार

काठमाडाैं । केही दिनदेखि घटिरहेको शेयर बजारमा पुनः उछाल आएको छ । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक १२७.३२ अंकले बढेर २८२३.२५ मा रोकिएको छ ।

त्यस्तै, आज १३ अर्ब १० करोड ४६ लाख ३१ हजार ८०२ रुपैयाँको कारोबार भएको छ । आइतबार १० अर्बको कारोबार भएको थियो । ३ करोड १४ लाख ३० हजार ४८ कित्ता शेयर खरिद बिक्री भएको छ ।

२३९ कम्पनीको मूल्य वृद्धि भएको छ भने ५ वटा कम्पनीको शेयर मूल्य घटेको छ । नेसनल हाइड्रोपावर, बेस्ट फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, एनएलजी इन्स्योरेन्स, रिलायन्स फाइनान्स र सुपरमाइ हाइड्रोपावरको सेयर मूल्यमा सकारात्कम सर्किट लागेको छ ।

प्रकाशित मिति: Sep 2, 2024

प्रतिक्रिया दिनुहोस्