Logo
४ आश्विन २०८१, शुक्रबार
(September 2, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारका प्रवक्तालाई प्रधानमन्त्रीको निर्देशन : छोटो बोल्नू, विवादित भाषा प्रयोग नगर्नू

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका प्रवक्तासमेत रहेका संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङलाई सार्वजनिक रुपमा बोल्दा विचार पुर्‍याउन निर्देशन दिएका छन्।

पोखरामा आयोजित एक कार्यक्रममा मन्त्री गुरुङले प्रहरी समायोजनका सन्दर्भमा ‘आइजीपीको जिब्रो थुत्नुपर्ने’ भनी बोलेका विषयलाई लिएर प्रधानमन्त्रीले बोल्दा भाषा प्रयोगमा ख्याल गर्न निर्देशन दिएका हुन्।

‘मैले सन्दर्भवस् बोलेको कुराले अहिले तरंग पैदा गरेको छ। यस विषयमा प्रधानमन्त्रीले पनि मलाइ चासो राख्नुभयो।’ राष्ट्रिय समाचार समितिले सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै गुरुङले भने, ‘मैले उहाँलाई सबै सन्दर्भ बताएँ । उहाँले तपाईं प्रवक्ता हुनुहुन्छ। बोल्दाखेरी विवादमा आउनेखालको भाषा प्रयोग नगर्नूस । हरेक कुरामा लामो लामो बोल्ने बानी छ, छोटो बोल्ने गर्नूस् भन्नुभयो । मैले त्यसलाई स्वीकार गरेँ।’

उनले आफूलाई सोधपुछ गरी सचेत गराएको र सुझाव दिएको भन्दै प्रधानमन्त्रीलाई धन्यवाद दिए। उनले आफूले पनि अब बोल्दा सचेत हुने बताएका छन्।

एमालेका उपमहासचिवसमेत रहेका गुरुङले शनिबार प्रेस चौतारीले पोखरामा गरेको कार्यक्रममा बोल्ने क्रममा प्रहरी समायोजनमा महानिरीक्षकले असहयोग गरेको आरोप लगाउँदै आपत्तिजनक अभिव्यक्ति दिएका हुन् ।

प्रकाशित मिति: Sep 2, 2024

प्रतिक्रिया दिनुहोस्