Logo
१८ पुस २०८१, बिहीबार
(September 1, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बारले थाल्यो आन्दोलन, न्याय परिषद् घेराउ (फोटो)

नेपाल बार एसोसिएसनले आज न्याय परिषद् घेराउ गरेको छ। न्याय परिषद् नियमावलीको पहिलो संशोधन खारेज हुनुपर्ने मागका साथ बारले दिउँसो १ बजे बोलाइएको बैठक अघि विरोधको कार्यक्रम आयोजना गरेको हो।

पहिलो संशोधन खारेजी विपरित परिषद्को बैठक बोलाइएको भन्दै बारले आन्दोलन गरेको अध्यक्ष गोपालकृष्ण घिमिरेले जानकारी दिए।

सर्वोच्च अदालतमा चार जनासहित देशभर ५० बढी न्यायाधीश पद रिक्त छ। वर्तमान सत्ता गठबन्धनले न्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाए पनि नेपाल बारले अहिले कार्यान्वयनमा रहेको नियमावलीअनुसार सिफारिस नगर्न भन्दै आएको छ।

नियमावलीमा गरिएको पहिलो संशोधनले संविधानको उल्लंघन गरेकाले खारेजीको माग बारले गर्दै आएको छ।

नेपाल बारले उक्त नियमावलीको संशोधन नेपालको संविधानको धारा १४१ ९३० विपरीत रहेको भन्दै यसको आधारमा नियुक्ति हुन नसक्ने दाबी गर्दै आएको छ।

यसअघि पनि बारले सम्वन्धित निकायलाई यही विषयमा ध्यानाकर्षण गराएको भए पनि वेवास्ता गरिएको भन्दै विरोधमा उत्रिएको हो।

केही तस्वीर झलक :

 

प्रकाशित मिति: Sep 1, 2024

प्रतिक्रिया दिनुहोस्