Logo
४ आश्विन २०८१, शुक्रबार
(August 30, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कुनै पनि किसिमकाे भ्रष्टाचारमा हदम्याद नलाग्ने निर्णय

काठमाडौं- प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले कुनै पनि भ्रष्टाचारमा हदम्याद नलाग्ने निर्णय गरेकाे छ।

भ्रष्टाचार निवारण ऐन २०५९ संशाेधन गर्न बनेकाे विधेयकमाथिकाे छलफलका क्रममा विवादित बनेकाे हदम्यादकाे विषय नराख्ने निर्णय समितले गरेकाे हाे।

कुनै पनि भ्रष्टाचार मुद्दामा पाँच वर्षे हदम्याद राख्न खाेजिएकाे भनेर चाैतर्फी आलाेचना भएकाे थियाे।

सरकारले कुनै पनि भ्रष्टाचारकाे हदम्याद नराख्ने प्रस्ताव गरेकाे सरकारकाे तर्फबाट समितिमा उपस्थित गृहमन्त्री रमेश लेखकले जानकारी दिए।

‘पाँच वर्ष हदम्याद हटाइदिऊँ। यो व्यवस्था नै नराखौं। भ्रष्टाचारको विषयमा जहिले पनि मुद्दा चल्न सक्छ भनेर संशोधन छ र बाहिर पनि छलफल चलिरहेकाले सरकार यो व्यवस्था विधेयकबाट हटाउन चाहन्छ,’ लेखकले भने।

सरकार कुनै पनि किसिमकाे भ्रष्टाचार मुद्दामा हदम्याद नराख्ने पक्षमा रहेकाे र समितिले त्याे निर्णयको स्वामित्व लिन तयार रहेकाे जनाएपछि हदम्याद नराख्ने निर्णय गरिएकाे हाे।

सरकारले प्रस्ताव गरेकाे विधेयकमा सार्वजनिक सम्पत्ति हिनामिना र दुरुपयाेगसम्बन्धी मुद्दामा हदम्याद नलाग्ने व्यवस्था गरिकाे छ भने सानाेतिनाे भ्रष्टाचार मुद्दामा थाहा पाएकाे मितिले पाँच वर्षसम्म मुद्दा चलाउन सकिने प्रावधान प्रस्ताव गरिएकाे छ।

प्रकाशित मिति: Aug 30, 2024

प्रतिक्रिया दिनुहोस्