Logo
४ आश्विन २०८१, शुक्रबार
(August 30, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री ओलीले गरे हाइड्रोजन कारको शुभारम्भ

प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेको  धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयले नेपालमा पहिलोपटक ल्याइएको  ‘हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणालीको शुभारम्भ गरेका छन्।

विश्वविद्यालयको २९ औं दीक्षान्तअघि  सो हाइड्रोजन कार र रिफ्युलिङ प्रणालीको शुभारम्भ भएको हो। कोरियामा बनेको हुण्डाई कम्पनीको हाइड्रोजन कार विश्वविद्यालयले नेपाल आयल निगमको सहयोगमा ३३ हजार अमेरिकी डलरमा खरिद गरी  नेपाल ल्याइएको हो।

प्रधानमन्त्री ओलीले संक्षिप्त प्रतिक्रिया दिँदै  हाइड्रोजनको प्रयोगबाट कार्बन उत्सर्जन कमी भई प्रदूषण कम गर्न सहयोग हुने बताए।

प्रकाशित मिति: Aug 30, 2024

प्रतिक्रिया दिनुहोस्