Logo
३१ भाद्र २०८१, सोमबार
(August 30, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माओवादी कार्यकर्ताको घरमा विष्फोट हुँदा दाजु–बहिनीको मृत्यु, घटनास्थलमा अर्को शङ्कास्पद वस्तु भेटियो

काठमाडौं, भदौ १४ । पाँचथर जिल्लाको फालेलुङ गाउ‘पालिका ५ मा बिहीबार विस्फोटमा परी गम्भीर घाइते भएका दुई जना बाल बालिकाको ज्यान गएको छ । ज्यान गुमाउनेमा प्राङवुङ डाडागाउ‘ टोलका ११ वर्षीय दिप्सन साँवा र उनकी २ वर्षीय बहिनी प्रिन्सा साँवा रहेका छन्।

उनीहरू दुवै जना स्थानीय दिलीप साँवाका छोराछोरी रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीले बताए। विहिबार दिउँसो तीन बजे स्थानीय आइतराज केरुङको घरमा विस्फोटमा परी घाइते भएका ११ वर्षीय पबन राईको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको छ । त्यस्तै, ७ वर्षीय दिपशन राई सामान्य घाइते भएकाले स्थानीय स्वास्थ्य चौकी प्राङबुङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

घाइते भए लगत्तै उपचारार्थ पाँचथर अस्पताल ल्याइएका दिप्सन र प्रिन्सालाई तत्काल झापाका लागि रेफर गरिएकोमा प्रिन्साको राती १० बजे इलाम पुर्याउदा बाटोमै र दिप्सनको राती १ बजे वि एन्ड सी अस्पताल झापामा निधन भएको हो ।

घाइते मध्येका पवनको अवस्था सामान्य छ उनको पाँचथर अस्पतालमै उपचार भइरहेको छ । उनीहरू होम मेड ग्रिनेट पड्केर घाइते भएको हुनसक्ने प्रहरीले जनाएको छ । घटना स्थलमा अर्को एउटा शङ्कास्पद वस्तु पनि भेटिएकाले बम हो होइन यकिन गरी डिस्पोज गर्न नेपाली सेनाको डिस्पोजल टोली त्यसतर्फ प्रस्थान गरेको पनि प्रहरीको भनाई छ ।

बम कहिले र कसले राख्यो भन्ने नखुलेकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बम विस्फोट भएको घरका धनी आइतराज पूर्व माओवादी हुन । त्यो घरमा अहिले ज्ञानबहादुर राईको परिवार बस्दै आएको छ । बम द्वन्दकालमा लुकाइएको हुनसक्ने स्थानीयले आशङ्का गरेका छन् ।

प्रकाशित मिति: Aug 30, 2024

प्रतिक्रिया दिनुहोस्