Logo
४ आश्विन २०८१, शुक्रबार
(August 30, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब देश दुनियाँमा माओवादी अध्यक्षभन्दा प्रचण्ड ठूलाे भइसक्याे : ‘प्रचण्ड’

 माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो सरकार किन फेरियो भनेर नेपालमा आफूले जति कसैले नबुझेको बताएका छन् ।

शुक्रबार प्रशिक्षण कार्यक्रममा सहभागी हुन सुर्खेत आएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सय दिन हनिमुनको दिन भनियतापनि यिनै दिनमा थुप्रै ज्याजती र गलत काम भएको बताएका हुन् ।

गलत काम भए हामी छोड्दैनौ भन्ने हाम्रो भाषा हो । त्यो विद्रोहको भाषा भनिदैन उनले भने, ‘बेथिति र भ्रष्टाचारीलाई जोगाउनकै लागि सरकार परिवर्तन भएको हो । गलत कार्य गर्नेलाई माओवादी केन्द्रले छोड्दैन । जरुरी परे सडकमा पनि जान्छौं ।’

सरकारबाट बाहिरिएपछि आफू पार्टीलाई मजबुत बनाउन लागि परेको अध्यक्ष प्रचण्डले बताए ।

साथै, अध्यक्ष प्रचण्डले नेतृत्व हस्तान्तरण उपयुक्त नरहेको बताएका छन् । ‘म झण्डै ७० वर्ष कट्दै छु, सधैँ नेतृत्व गरिरहने रुचि छैन्’ उनले भने, ‘अब त मलाई अध्यक्ष भन्ने पद त्यति ठुलो लाग्दैन । देश दुनियाँमा अध्यक्ष भन्दा प्रचण्ड माथि भइसक्यो । एउटा राम्रो टिम बनेपछि म अर्का भूमिकामा जाने सोचिरहेको छु।’

पार्टी फुट्ने भन्ने चर्चा गलत भएको उनले बताए । उक्त विषय गलत प्रचार गर्न नियोजित रूपमा भ्रम सिर्जना गरेको धारणा व्यक्त गरे ।

एमाले सांसद्हरुले सदनमै ‘हिंसा’ शब्द प्रयोग गरेको उपयुक्त नभएको बताए । संविधानमा नै माओवादी जनयुद्ध शब्द प्रयोग गरिएको भएको अध्यक्ष प्रचण्डले जिकिर गरे । अपमानित हुने किसिमले माओवादी केन्द्रलाई ऐतिहासिक भूमिका र महत्त्वलाई नबोल्दा राम्रो हुने जानकारी दिए ।

प्रकाशित मिति: Aug 30, 2024

प्रतिक्रिया दिनुहोस्