Logo
५ आश्विन २०८१, शनिबार
(August 29, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमाले नेतृत्व पँक्तिलाई रेखा शर्माको चेतावनी : जनयुद्धलाई हिंसा देखे फेरि विद्रोह हुन्छ

काठमाडौं, १३ भदौ । नेकपा (माओवादी केन्द्र) की प्रभावशाली नेतृ तथा पूर्वमन्त्री रेखा शर्माले एमाले नेतृत्व पँक्तिलाई जनयुद्धलाई हिंसा भनेकोमा कडा जवाफ फर्काएकी छिन् । उनले जनयुद्धकै बलामा आजको परिवर्तन आएको भन्दै यसलाई अवमूल्यन नगर्न चेतावनी दिएकी हुन् ।

पार्टीको कार्यक्रममा सहभागी हुन गृहजिल्ला दाङ पुगेकी शर्माले जनयुद्धलाई हिंसा देखे फेरि विद्रोह हुने चेतावनी समेत दिएकी छिन् । मुलुक शान्ति प्रक्रियालाई टुँगो लगाउने दिशामा अघि बढिरहेको अवस्थामा एमालेबाट आएको यस्तो अभिव्यक्ति मान्य नहुने भन्दै कडा रुपमा प्रतिवाद गरिन् ।

हिजो (बुधबार) को प्रतिनिधिसभाको बैठकमा एमाले सांसद योगेश भट्टराईले जनयुद्धलाई १० वर्षे हिंसाको संज्ञा दिएका थिए । उनको अभिव्यक्तिमा माओवादी सांसदहरुले नियामापत्ति गरेका थिए । अहिले माओवादीको सिंगो नेता तथा कार्यकर्ताहरुको पँक्ति नै एमाले नेता भट्टराईमाथि खनिएको छ ।

प्रकाशित मिति: Aug 29, 2024

प्रतिक्रिया दिनुहोस्