Logo
२ माघ २०८१, बुधबार
(August 29, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बूढानीलकण्ठ वार्तामा गगन-विश्वसँग मिलेन देउवाको कुरा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग गरेको छलफलमा सहमति नजुटेपछि फेरि बस्नेगरी उठेका छन्।

आज बूढानीलकण्ठ वार्ता सरकारात्मक भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए। उनले भने, ‘छलफल सरकारात्मक भएको छ, सहमति उन्मुख भइरहेको छ। तोकिएको समयमा बैठक बस्छ।’

उनले भोलि या पर्सि फेरि सभापतिले महामन्त्रीद्वयसहित उपसभापतिहरुसँग छलफल गर्ने बताए।

महामन्त्री थापाले चुनावी गठबन्धन नगर्ने, १५ औं महाधिवेशन २०८२ मंसिरभित्र हुने सुनिश्चित गर्नुपर्ने र अर्का महामन्त्री शर्माको ‘एक्जिट पोलिसी’को प्रस्तावले कांग्रेसमा विवाद चलिरहेको छ।

संस्थापन पक्षले चुनावी गठबन्धन रणनीतिक हुने भएकाले अहिले घोषणा गर्नु नपर्ने र एक्जिट पोलिसीबारे अहिले छलफल आवश्यक नभएको तर्क गर्दै आइरहेको छ।

बैठकमा संस्थापन पक्षका नेताहरुले विरोध जनाएपछि सभापति देउवाले महामन्त्रीद्वयको प्रतिवेदनमा मध्यमार्गी बाटो खोजिरहेका छन्। तर, दुवै पक्षले आआफ्नो अडान नछाड्दा सहमति जुट्न सकेको छैन।

यसअघि पनि देउवाले यो बिषयमा महामन्त्रीद्वयसँगै उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ पनि सहभागी थिए। प्रतिवेदनमा छलफल नजुटेपछि केन्द्रीय समितिको बैठक १६ गतेलाई राखिएको छ।

प्रकाशित मिति: Aug 29, 2024

प्रतिक्रिया दिनुहोस्