Logo
५ आश्विन २०८१, शनिबार
(August 29, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आरजुको स्पष्टोक्तिः ‘केपी ओलीपछि प्रधानमन्त्री शेरबहादुर देउवा नै बन्ने हो, म होईन’

काठमाडौं, १३ भदौ । नेपाली कांग्रेसकी नेतृ एवं परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले केपी शर्मा ओलीपछि सभापति शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्ने बताएकी छन् । आज (बिहीबार) धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले आफू अहिले देशको प्रधानमन्त्री बन्ने सम्भावना रहेको बताएकी हुन् ।

प्रधानमन्त्री ओलीले एक सार्वजनिक कार्यक्रममा अब छिट्टै देशले महिला प्रधानमन्त्री पाउने बताएसँगै धेरैले कांग्रेसले आरजुलाई अगाडि सार्ने अनुमान गरेका थियो । सञ्चारकर्मीहरुले सोधेको प्रश्नको जवाफ दिँदै उनले भनिन्, ‘उहाँ (प्रधानमन्त्री ओली) ले त्यो कुरा मलाई भन्नु भएको जस्तो लाग्दैन । हाम्रोबाट अबको प्रधानमन्त्री भनेको शेरबहादुर देउवा नै हो ।’

प्रकाशित मिति: Aug 29, 2024

प्रतिक्रिया दिनुहोस्