Logo
५ आश्विन २०८१, शनिबार
(August 28, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यी हुन एकीकृत समाजवादीका निर्वाचित १७ पदाधिकारीहरु (सूचीसहित)

काठमाडौं, १२ भदौ । नेकपा (एकीकृत समाजवादी) ले निर्वाचनमार्फत पदाधिकारी टुङ्ग्याएको छ । गत असारमा सम्पन्न एकीकृत समाजवादीको १०औं महाधिवेशनले अध्यक्ष, समहासचिव र सम्मानित नेता सर्वसम्मतिले टुङ्ग्याएको थियो । २१ सदस्यीय पदाधिकारी रहेको एकीकृत समाजवादीमा १८ पदाधिकारी छान्न निर्वाचनको प्रक्रिया अपनाइएको थियो । अन्तिम समयमा आएर घनेन्द्र बस्नेतले उम्मेदवारी फिर्ता लिएपछि राजेन्द्रप्रसाद पाण्डे वरिष्ठ उपाध्यक्षमा चयन भएका थिए । अन्य बाँकी १७ पदाधिकारी भने निर्वाचनमार्फत चयन भएका छन् ।

एकीकृत समाजवादीको महिला उपाध्यक्षमा जयन्तीदेवी राई विजयी भएकी छन् । राईसँग प्रतिस्पर्धा गरेकी नेतृ रामकुमारी झाँक्री पराजीत भईन् । त्यस्तै, उपाध्यक्ष (मधेशी समुदायबाट) धर्मनाथ प्रसाद साह, खुला उपाध्यक्षमा डा.गंगालाल तुलाधर, भानुभक्त जोशी, प्रकाश ज्वाला र जगन्नाथ खतिवडा निर्वाचित भएका छन् ।

त्यस्तै, उपमहासचिवमा रामकुमार भट्टराई, मेटमणि चौधरी, गरिमा शाह र राजेन्द्रकुमार राई निर्वाचित भएका छन् । सचिवमा दलित समुदायबाट गणेश बहादुर विश्वकर्मा, आदिवासी जनजातीबाट बलदेव चौधरी, खुल्लामा श्रनाथ बराल, शेरबहादुर कुँवर, चन्द्रबहादुर शाही, सोमप्रसाद पाण्डेय र सावित्राकुमारी भुसाल निर्वाचित भएका छन् ।

प्रकाशित मिति: Aug 28, 2024

प्रतिक्रिया दिनुहोस्