सरकार अहंकारका साथ गलत दिशामा अग्रसर : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सरकार अहंकारपूर्ण तर गलत दिशामा अग्रसर रहेको टिप्पणी गरेका छन्। मंगलबारको प्रतिनिधिसभामा सम्बोधन गर्दै उनले झन्डै दुई महिनाको सरकारको मूल्यांकन सुनाउँदै यस्तो बताएका हुन्।
अध्यक्ष प्रचण्डले सरकार माफियाको सेवामा तल्लीन रहेको आरोपसमेत लगाए।
‘झन्डै दुई महिनासम्मको सरकारको अवलोकनले भन्छ- सरकार अहंकारपूर्ण तर गलत दिशामा अग्रसर छ। दुई तिहाइ संख्याको उन्मादमा शक्तिको दुरुपयोगतर्फ अग्रसर छ’, उनले भने, ‘जनताको सेवाभन्दा माफियाको सेवामा अग्रसर छ। अब पनि खबरदारी नगरे धेरै ढिला हुन्छ भनेर म आज खबरदारी गर्न रोष्ट्रममा उपस्थित भएको छु।’