Logo
५ आश्विन २०८१, शनिबार
(August 27, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपा एसको वरिष्ठ उपाध्यक्षमा पाण्डे र बस्नेतकाे उम्मेदवारी, उपमहासचिव चार जना भिड्ने

नेकपा (एकीकृत समाजवादी)को पदाधिकारी र पोलिटब्युरो चयनका लागि उम्मेदवारी दर्ता जारी छ। सहमतिको प्रयास विफल भएपछि सोमबारको केन्द्रीय समिति बैठकले निर्वाचनबाटै पदाधिकारी तथा पोलिटब्युरो चयन गर्ने निर्णय गरेको थियो।

सोही निर्णयअनुसार पार्टीको निर्वाचन आयोगले निर्वाचन प्रक्रिया अघि बढाएको हो। वरिष्ठ उपाध्यक्ष पदमा राजेन्द्र पाण्डे र घनेन्द्र बस्नेतले उम्मेदवारी दिएका छन्। नेताहरूका अनुसार उम्मेदवारको संख्या थपिन सक्नेछ।

यस्तै, उपमहासचिव पदमा राजेन्द्र राई, मेटमणि चौधरी, जीवनराम श्रेष्ठ र लक्ष्मण केसीले गरी चार जनाले उम्मेदवारी दर्ता गराएका छन्। एकीकृत समाजवादीमा १८ सदस्यीय पदाधिकारीको व्यवस्था छ।

उम्मेदवारी दर्ता, दाबी विरोध, उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशनलगायत कार्यक्रम सकिएपछि आजै दिउँसो २ बजेदेखि मतदान सुरु हुने निर्वाचन आयोगका अध्यक्ष माधव पौडेलले जानकारी दिए।

प्रकाशित मिति: Aug 27, 2024

प्रतिक्रिया दिनुहोस्