Logo
३१ भाद्र २०८१, सोमबार
(August 27, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एन्फा कार्यसमिति बैठक: एजेन्डामा प्रवेश गर्नुअघि नै आरोप-प्रत्यारोप

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) को मंगलबारका लागि तय भएको कार्यसमितिको बैठकमा एजेन्डामा प्रवेश गर्नुअघि नै विवाद सुरु भएको छ। तोकिएको समयभन्दा ढिला सुरु भएको बैठक एजेन्डामा प्रवेश गर्नुअघि नै एक-अर्का विरुद्ध आरोप प्रत्यारोप सुरु भएको हो।

आज बिहान ८ बजेबाट सुरु हने तय भएको बैठक करिब ३ घन्टा पछि सुरु हुन लाग्दा विवाद भएको थियो। यद्यपि आजको बैठकमा संस्थापनसँग असन्तुष्ट रहँदै आएको समूहले एन्फाको कार्यशैली र एकलौटीपनको विरोध गर्ने जनाएको थियो।

बैठकमा कुल २३ एजेन्डा रहेका छन्। जसमा संस्थापन पक्षसँग असन्तुष्ट रहँदै आएका उपाध्यक्ष विराटजङ्ग शाही र सदस्य पेमा डोल्मा लामाले थप गरेको एजेन्डा पनि समावेश गरिने बताइएको छ।

उपाध्यक्ष शाहीले अन्तर्राष्ट्रिय (महिला र पुरुष) खेलाडीहरूको वर्गीकरण र सेवासुविधा, फिफाद्वारा स्वीकृत भेडावारी परियोजना, रेफ्री तथा प्राविधिकको तलब वृद्धि सम्बन्धमा एजेण्डामा‌ थप्न अनुरोध गरेका थिए।

त्यस्तै, आर्थिक वर्ष २०८०/८१ को आन्तरिक लेखा परीक्षण प्रतिवेदन, विश्वकप दोस्राे चरणअन्तर्गतका खेलहरूको आर्थिक विवरण र एन्फाको उपाध्यक्ष दावा लामाको विषयमा राष्ट्रिय खेलकुद परिषद (राखेप)को पत्रलगायतका विषयका एजेन्डा थप्न शाहीले माग गरेका थिए।

यद्यपि बैठकमा नयाँ आधुनिक रंगगशाला निर्माण, खेलाडी पुरस्कार, महिला लिग, एन्फा एकेडेमीका खेलाडीका लागि सामग्रीहरू खरिद, खेलाडीका लागि बस खरिदलगायत विभिन्न २३ एजेन्डामा छलफल हुने कार्यसूची रहेको छ।

प्रकाशित मिति: Aug 27, 2024

प्रतिक्रिया दिनुहोस्