Logo
३१ भाद्र २०८१, सोमबार
(August 27, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपति पौडेल पाल्पामा, रथ जात्राको अवलोकन गर्दै

 राष्ट्रपति रामचन्द्र पौडेल मंगलबार पाल्पा पुगेका छन्। ऐतिहासिक रणउजीरेश्वरी भगवती रथ जात्रा अवलोकन गर्न आज यहाँ आएका राष्ट्रपति पौडेललाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वागत गरेका हुन्।

राष्ट्रपतिलाई मुख्यमन्त्रीसँगै जनस्तरबाट समेत भब्य स्वागत गरिएको हो। रथ जात्रामा सहभागी हुन आएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, रक्षा मन्त्री मानवीर राईलाई समेत भब्य रुपमा स्वागत गरिएको हो।

तानसेनस्थित ऐतिहासिक रणउजीरेश्वरी भगवती मन्दिरमा हरेक वर्ष भगवती रथ यात्रा हुने गर्दछ। प्रदेश सरकारले भगवती यात्राको दिन पाल्पा जिल्लामा यस वर्ष सार्वजनिक विदासमेत दिएको छ।

नेपालले अंग्रेजलाई युद्धमा पराजित गरी विजय हासिल गरेको खुसीयालीमा हरेक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट धुमधामका साथ विजय उत्सव स्वरुप रणउजीरेश्वरी भगवतीको रथ जात्रा निकाल्ने प्रचलन रहिआएको छ।

तत्कालीन समयमा नेपाली सेनाले चलाएको उक्त विजयी जात्रा हालसम्म आइपुग्दा पाल्पाको सबैभन्दा ठूलो पर्व र जात्राको रुपमा परिचित छ। कर्णेल उजीर सिंह थापाले वि.सं. १८७६ मा निर्माण गरेको रथलाई नै हालसम्म विजय जात्राको रुपमा संचालन गरिँदै आइएको हो।

प्रकाशित मिति: Aug 27, 2024

प्रतिक्रिया दिनुहोस्