Logo
३१ भाद्र २०८१, सोमबार
(August 27, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज विराटनगरमा राधाकृष्ण रथयात्रा, कोशी प्रदेशमा सार्वजनिक बिदा

मोरङको विराटनगरमा राधाकृष्ण रथयात्रा निकालिँदैछ। रथ यात्रा राधाकृष्ण मन्दिरबाट दिउँसो ३ शुरु हुनेछ।

यहाँ हरेक वर्ष कृष्णाष्टमीको भोलिपल्ट रथयात्रा निकाक्ने गरिएको छ। वि.सं. १९८८ सालमा ‘खट’ यात्राबाट यो उत्सव आरम्भ भएको थियो। २०२५ सालदेखि खटसँगै रथयात्रा निकालिँदै आएको छ।

विराटनगर महानगरपालिका-१ स्थित राधाकृष्ण मन्दिरबाट निकालिने राधाकृष्णको युगल जोडीसहितको रथले विराटनगर बजार क्षेत्रको करिब आठ किलोमिटर यात्रा गर्नेछ ।

रथयात्रालाई लक्ष्य गरी उच्च सुरक्षा सतर्कता अपनाएको प्रहरीले जनाएको छ। ​कोशी प्रदेशमा सार्वजनिक बिदा छ।

प्रकाशित मिति: Aug 27, 2024

प्रतिक्रिया दिनुहोस्