Logo
५ आश्विन २०८१, शनिबार
(August 25, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डेडिकेटेड र ट्रंक लाइन विवादमा प्रचण्डलाई स्पष्टीकरण सोध्नुपर्छः एमाले नेता भट्टराई

काठमाडौं, ९ भदौ । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले डेडिकेटेड र ट्रंक लाइन विवादमा नेकपा (माओावादी केन्द्र) का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई स्पष्टीकरण सोध्नुपर्ने माग गरेका छन् ।

आज (आइतबार) सार्वजनिक लेखा समितिमा उक्त विवादबारे छलफल भइरहेको छ । समितिमा नेता भट्टराईले प्रचण्ड र तत्कालीन उर्जामन्त्री शक्तिबहादुर बस्नेतसँग स्पष्टीकरण सोध्नुपर्ने माग राखेका हुन् ।

डेडिकेटेड र ट्रंक लाइन विवाद विगत ९ वर्षदेखि कायम छ । सो विवाद समाधानका लागि अघिल्लो प्रतिनिधि सभाको अवधिमा सार्वजनिक लेखा समितिले उपसमिति बनाएर छानविन गरेको थियो ।

जसको संयोजक डा. मिनेन्द्र रिजाल थिए । उक्त समितिले दिएको प्रतिवेदनसमेत प्रचण्ड नेतृत्वको सरकारले बेवास्ता गरिएको उनले बताए । प्रचण्ड नेतृत्वको सरकारले नेपाल विद्युत प्राधिकरणले उठाउनुपर्ने १६ अर्ब रुपैयाँ मिनाहा दिने निर्णय गरेको उनले बताए ।

प्रकाशित मिति: Aug 25, 2024

प्रतिक्रिया दिनुहोस्