Logo
३१ भाद्र २०८१, सोमबार
(August 25, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा नेपाली तीर्थयात्री बोकेको बस दुर्घटना, ३६ जना घाइते

काठमाडौं, ९ भदौ । भारतको विहार राज्यस्थित समस्तीपुरको नेशनल आइवे २८ मा नेपाली तीर्थयात्री बोकेको ना ७ ख ६४४६ नम्बरको बस दुर्घटना भएको छ । सो बसमा ४३ जना सवार रहेको बताइएको छ ।

दुर्घटनामा ३६ जना घाइते भएका छन् । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । अहिले घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

तीर्थयात्री सबै बारा जिल्लाका रहेको बताइएको छ । तीब्र गतिमा आएको ट्रकले ठक्कर दिँदा उक्त दुर्घटना भएको बताइएको छ ।

प्रकाशित मिति: Aug 25, 2024

प्रतिक्रिया दिनुहोस्