Logo
३१ भाद्र २०८१, सोमबार
(August 25, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुग्लिन-नारायणगढ सडकखण्डमा बस दुर्घटनामा परेर १८ जना घाइते

काठमाडौँ । मुग्लिन–नारायणगढ सड्कखण्डमा बस दुर्घटनामा परेर १८ जना घाइते भएका छन् । महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको सुदूरपश्चिम प्रदेश–०२–००१ ख १३३२ नम्बरको बस आफैँ अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले बताए ।

भरतपुर महानगरपालिका–२९ स्थित घुमाउनेमा दुर्घटनामा परेर ४ जना पुरुष र १४ जना महिला घाइते भएका हुन् । उनीहरुको भरतपुर र जनता केयर अस्पताल मुग्लिनमा उपचार हुँदैछ । बस चालक कञ्चनपुरको बेदकोट नगरपालिका–३ घर भएका २६ वर्षीय बलराम पन्तको दाहिने कुहिनो र ढाडमा चोट लागेको छ । उनको जनता केयर अस्पतालमा उपचार भइरहेको डीएसपी रिजालले बताए ।

घाइतेहरुको नाम र ठेगाना 

१. तारा भट्ट, ४० वर्ष । कञ्चनपुर भिमदत्त नगरपालिका–१०

२. हरिकला थापा, २३ वर्ष । कैलाली लम्किचुहा–३

३. कैलाश विक, १९ वर्ष । लक्किचुहा नगरपालिका–३

४. कृष्णा विक, २७ वर्ष । लम्किचुहा–३

५. जयन्ती विक, ३५ वर्ष । लम्किचुहा–३

६. दिल बहादुर सुनार, ३७ वर्ष । कञ्चनपुर भिमदत्त नगरपालिका–८

७. समिदेवल राना, २३ वर्ष, कञ्चनपुर नगरपालिका–३

८. शेरबहादुर विष्ट, ३७ वर्ष कैलाली गोदावरी नगरपालिका–१२

९. बसन्त बोहोरा, २२ वर्ष । बझाङ बित्थडचिर गाउँपालिका–४

१०. धरम खड्का, ३४ वर्ष । कञ्चनपुर भिमदत्त–१७

११. दिपेश भट्ट, २० वर्ष । भिमदत्त नगरपालिका–१०

१२. लक्ष्मण बम, २३ वर्ष । दार्चुला महाकाली नगरपालिका–६

१३. भिमसेन सार्की, २५ वर्ष । भिमदत्त–९

१४. जनक बिजाली, ३७ वर्ष । बैतडी दशरथचन्द नगरपालिका–२

१५. विनोद सार्की, २३ वर्ष । भिमदत्त नगरपालिका–४

१६. देवबहादुर भुल, ३३ वर्ष । डडेलधुरा गन्यापधुरा गाउँपालिका–३

१७. बिपिन न्यौपाने, २५ वर्ष । चितवन भरतपुर महानगरपालिका–५

१८. कृष्ण ओझा, २७ वर्ष । डोटी के आईसिंह गाउँपालिका–२

प्रकाशित मिति: Aug 25, 2024

प्रतिक्रिया दिनुहोस्