Logo
५ आश्विन २०८१, शनिबार
(August 25, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दोरम्बा पहिरो अपडेट : ६ जनाको शव फेला, ४ बेपत्ता

रामेछापको दोरम्बा शैलुङ ३ लेखर्कमा गएको पहिरोमा परी बेपत्ता भएका  ६ जनाको शव भेटिएको छ।

मृत्यु हुनेमा चण्डिका थापामगर र उनका २ वर्षका छोरा आयुस रहेका छन्। थापामगर शिक्षिका हुन्। मृतक अन्य ४ जनाको पहिचान खुल्न बाँकी रहेको रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले बताइन्।

पुड्की पहरी, उर्मिला पहरी, सन्तोष पहरी, विज्ञान पहरी, सन्दीप पहरी, काले पहरी झ्याउकिरी पहरी र विपिता पहरी पनि पहिरोमा परेका छन्।

भेटिएका थप ४ वटा शव उनीहरु मध्येकै हुनसक्ने अनुमान प्रहरीको छ।

गएराति गएको पहिरोमा परी ४ जना अझै बेपत्ता छन्। अञ्जना पहरीको सकुशल उद्धार गरिएको छ। उनी खतरामुक्त रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: Aug 25, 2024

प्रतिक्रिया दिनुहोस्