Logo
५ आश्विन २०८१, शनिबार
(August 23, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुर्घटना अपडेट : १४ जनाको शव निकालियो, १६ जनाको उपचार हुँदै

 तनहुँमा मर्स्याङ्दी नदीमा खसेर भएको बस दुर्घटनामा अहिलेसम्म १४ जनाको शव निकालिएको प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीका डिएसपी शैलेन्द्र थापाका अनुसार १२ :५५ बजेसम्ममा १४ जनाको शव घटनास्थलबाट निकालिएको छ भने १६ जना घाइतेलाई उद्धार गरी उपचारको लागि स्थानीय अस्पतालमा पठाएको छ। उनले थप उद्धार कार्य जारी  रहेको जानकारी दिए।

दुर्घटनास्थल अप्ठ्यारो भीर र तल नदी बगिरहेको कारण उद्दारका लागि डोरीको सहायताले जानुपर्ने अवस्था रहेको प्रहरीको भनाइ छ।

पोखराबाट काठमाडौंका लागि छुटेको युपी ५३ एफटी ७६२३ नम्बरको  भारतीय बस आँबुखैरेनी गाउँपालिका २ ऐनापहरा नजिक सडकबाट मर्स्याङ्दी नदीमा खसेको थियो। बसमा ४० जना सवार रहेको अनुमान गरिएको छ।

 

प्रकाशित मिति: Aug 23, 2024

प्रतिक्रिया दिनुहोस्