Logo
३१ भाद्र २०८१, सोमबार
(August 23, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नयाँ कमला पुल निर्माण गरिने सहमतिपछि तोडियो आमरण अनसन, मुख्यमन्त्रीले खुवाए जुस

जनकपुरधाम । नयाँ कमला पुल निर्माण गर्नमा मधेश सरकार सहमत भएपछि चार दिनदेखि आमरण अनशन बसेका अनसनकारीहरू आज अनसन तोडेका छन् ।

नयाँ कमला पुल निर्माण संघर्ष समिति सिरहा–धनुषा र मधेश सरकारबीच चार बुँदै सहमति भएको हो । सहमति पश्चात् मुख्यमन्त्री सतिश कुमार सिंह अनशनस्थलमै पुगेर अनशनकारीहरूलाई जुस खुवाए । अनशनकारीले अनशन तोडेको घोषणा गरेका छन् ।

मुख्यमन्त्री सिंहले संघर्ष समितिका संयोजक इन्जिनियर प्रवीण कुमार यादवलाई सहमति पत्र हस्तान्तरण गरेका हुन् ।

नयाँ कमला पुल निर्माण गरिने, पुल निर्माणका लागि आव २०८२÷०८३ को वार्षिक बजेट संघ सरकारबाट राख्न पहल गर्ने र नभए सम्पूर्ण बजेट मधेश सरकारले व्यहोर्ने, ०८१ मंसिर १ भित्रमा पुल निर्माणको डिपिआर तयारीका लागि बोलपत्र आह्वान गर्ने सहमति भएको छ ।

नयाँ कमला पुल निर्माण संघर्ष समिति सिरहा–धनुषाको संघर्षका सम्पूर्ण कार्यक्रम आजकै मितिबाट स्थगित गरिने पनि सहमतिपत्रमा उल्लेख छ ।

प्रकाशित मिति: Aug 23, 2024

प्रतिक्रिया दिनुहोस्