Logo
५ आश्विन २०८१, शनिबार
(August 22, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भ्रष्टाचारको मुद्दामा पाँचवर्षे हदम्याद रास्वपालाई स्वीकार छैन: रवि लामिछाने

 राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भ्रष्टाचारको मुद्दामा हदम्याद राख्नु नहुने बताएका छन्।

बिहीवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सभापति लामिछानेले भ्रष्टाचारको मुद्दामा कुनै पनि किसिमको हदम्याद राख्नु नहुने बताएका हुन्। उनले आफ्नो पार्टी भ्रष्टाचारको मुद्दामा हदम्याद राख्नु नहुने पक्षमा स्पष्ट रुपमा उभिने बताए।

उनले नीतिगत निर्णय भनि मन्त्रिपरिषद्बाट निर्णय गराएर भ्रष्टाचार हुने गरेको भन्दै त्यसरी मन्त्रिपरिषद्बाट निर्णय गर्ने क्रम रोकिनुपर्ने बताए। उनले नीतिगत निर्णयको परिभाषा गरिनुपर्ने बताए।

सभापति लामिछानेले दुई हप्तादेखि राज्यका विभिन्न तहमा दलितको सहभागिताको माग गर्दै माइतीघरमा आन्दोलन गर्दै आएका अभियन्ता खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गरेको भन्दै आपत्ति जनाए। उनले दलितहरुले आफ्नो हक माग्नु गलत हो भनि सरकारलाई प्रश्न समेत गरे।

प्रकाशित मिति: Aug 22, 2024

प्रतिक्रिया दिनुहोस्