Logo
५ आश्विन २०८१, शनिबार
(August 22, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्त्री पाण्डेको निर्देशनः मन्त्रालयमा अड्किएको फाइल २४ घण्टाभित्र छिनोफानो गर्नु

काठमाडौं, ५ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मन्त्रालयमा अड्किएका फाइल २४ घण्टाभित्र अगाडि बढाउन निर्देशन दिएका छन् । आज (बुधबार) संस्कृति महाशाखा अन्तर्गतका निकायका पदाधिकारीसँग समस्या तथा चुनौती र समाधानका उपाय विषयक छलफल कार्यक्रममा उनले कुनै पनि फाइल अनावश्यक रुपमा नरोक्न भनेका हुन् ।

मातहतका निकायलाई आफ्ना काम चुस्त र परिणाममुखी बनाउन पनि मन्त्री पाण्डेले निर्देशन दिएका छन् । ‘मन्त्रालयमा कुन फाइल कहाँ अड्किएको छ ? त्यसको २४ घण्टा भित्र छिनोफोनो गर्नुहोला,’– छलफलपछि कर्मचारीहरुलाई निर्देशन दिँदै उनले भने ।

उनले आगामी असोज महिनाभित्र कार्य प्रगति विवरण पेश गर्न पनि कर्मचारीलाई निर्देशन दिएका छन् । कामको प्राथमिकता निर्धारण गरेर अघि बढ्न पनि मन्त्री पाण्डेले निर्देशन दिएका छन् । इमान्दारी पूर्वक व्यवसायिक धर्म निर्वाह गर्न पनि उनले कर्मचारीहरुलाई सुझाव दिएका छन् ।

प्रकाशित मिति: Aug 22, 2024

प्रतिक्रिया दिनुहोस्