Logo
५ आश्विन २०८१, शनिबार
(August 21, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सहकारी प्रकरणमा भदौ ७ गते समितिमा बयानको लागि बोलाईएको रविको खुलासा

काठमाडौं, ५ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा सांसद सूर्य थापाको नेतृत्वमा गठित संसदीय छानबिन विशेष समितिले बयानका लागि बोलाएको जनाएका छन् ।

पार्टीको केन्द्रीय समितिको बैठकमा सभापति लामिछानेले समितिले यही भदौ ७ गते आफूलाई बयानको लागि बोलाएको विषयमा जानकारी गराएका हुन् ।

समितिका सभापति थापाले भने रवि लामिछाने गृहमन्त्रीको जिम्मेवारीमा रहेकै बेलामा बयान लिन खोजेका थिए । तर, बीचमा सरकार परिवर्तन भयो । लामिछानेले पनि गृह मन्त्रालयको नेतृत्बाट विदा लिनुपर्यो ।

थापाले लामिछानेलाई गृहमन्त्रीको जिम्मेवारीमा रहकै बखत बयान लिने कुरा आफूनिकट नेताहरुसँग भन्ने गरेको चर्चा अहिलेपनि छ ।

लामिछानेमाथि सहकारी ठगीमा संलग्न रहेको भनेर यसअघि प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको बेलामा नेपाली कांग्रेसका नेताहरुले सदनसमेत अवरोध गरेका थिए । अहिले कांग्रेसबाट रमेश लेखक गृहमन्त्री छन् ।

लामिछानेले आफूले सहकारी ठगी गरेको प्रमाण दिए राजनीतिबाट नै सन्यास लिने भनेर कांग्रेस महामन्त्री गगन थापालाई खुला चूनौति दिएका छन् ।

प्रकाशित मिति: Aug 21, 2024

प्रतिक्रिया दिनुहोस्