Logo
५ आश्विन २०८१, शनिबार
(August 21, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कैलालीमा मंगलबार रातिदेखि लगातार वर्षा, धेरै बस्ती डुवानमा

धनगढी- कैलालीमा मंगलबार रातभर अविरल वर्षा भएको छ । मंगलबार साँझदेखि सुरु भएको वर्षा बुधबार बिहानसम्म पनि जारी रहेको छ।

वर्षाका कारण विभिन्न नदी तथा खोलामा पानीको सतह बढेको छ भने ठाउँ–ठाउँमा बस्ती डुबानमा परेको प्रहरीले जनाएको छ।

कैलालीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक कबिन्द्र बोहाेराले प्रायःजसो सबै नदी र खोलामा जल सतह स्तरभन्दा माथि पुगेको बताए।

खासगरी कान्द्रा नदी र मोहना नदीमा खतराको सतह पार गरेपछि तटीय क्षेत्रका बासिन्दालाई सर्तकता अपनाउन आग्रह गरिएको बोहोराले बताए।

बिभिन्न ठाउँमा बस्ती जलमग्न र डुबानमा परेका छन्। अहिलेसम्म घोडाघोडी नगरपालिका–९, गौरीगंगा नगरपालिका, गौरीगंगा नगरपालिका–७ र ९ मा गरेर करीब एक दर्जन बढी घर डुबानमा परेको प्रारम्भिक विवरण प्राप्त भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: Aug 21, 2024

प्रतिक्रिया दिनुहोस्