Logo
३० कार्तिक २०८१, शुक्रबार
(August 19, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बझाङ पहिरोमा ज्यान गुमाएकाका परिवारलाई प्रतिव्यक्ति एक लाख दिइने

 बझाङको बुङ्गल नगरपालिका–१० टुमेडागाउँमा पहिरोमा परी मृत्यु भएका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले प्रतिव्यक्ति रु एक लाख दिने घोषणा गरेको छ।

आज यहाँ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज प्रेस विज्ञप्ति जारी गर्दै मृतकका परिवारलाई राहतस्वरूप सो रकम प्रदान गर्ने घोषणा गरेका हुन्।

यही भदौ २ गते राति १ बजे परेको अविरल वर्षाका कारण टुमेडागाउँका वीरबहादुर धामीको घर पहिरोले पुरिँदा निज धामीको ५५ वर्षीया धर्मपत्नी काली धामी, २५ वर्षीया जेठी बुहारी गोल्की धामी, छ वर्षीया नातिनी आकृति धामी र तीन वर्षीया नातिनी लक्ष्मी धामी गरी चार जनाको ज्यान गएको थियो।

मुख्यमन्त्री शाहले पहिरोमा ज्यान गुमाएका परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। साथै तत्काल उद्धार तथा राहत कार्यमा सङ्लग्न हुन सम्बन्धित निकायलाई निर्देशन दिइएको जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रकाशित मिति: Aug 19, 2024

प्रतिक्रिया दिनुहोस्