Logo
५ आश्विन २०८१, शनिबार
(August 19, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माओवादी पार्टीपंक्तिमा सर्कूलरः सडक आन्दोलनमा जानुपर्ने हुनसक्छ, ‘हाई अलर्ट’ मा बस्नु

काठमाडौं, ३ भदौ । नेकपा (माओवादी केन्द्र) ले कुनै पनि बेला सडक आन्दोलनमा जानुपर्ने हुनसक्ने भन्दै नेता कार्यकतालाई तयारी अवस्थामा रहन परिपत्र गरेको छ । गत स्थायी कमिटी बैठकको जानकारी गराउँदै जारी गरिएको परिपत्रमा प्रतिगमन, राष्ट्रघात र भ्रष्टहरूको संरक्षण गर्ने दिशामा सरकार झनझन अगाडि बढेमा सडक आन्दोलन आवश्यक्ता पर्ने उल्लेख छ ।

साथै, माओवादीले कांग्रेस–एमालेबीचको ७ बुँदे सहमतिलाई प्रश्चगामी र प्रतिगामी कदमको संज्ञा दिएको छ । माओवादीले प्रतिगमन, राष्ट्रघात, भ्रष्टहरूको संरक्षणको विरोध र जनताका दैनिक समस्यालाई सदनमा सशक्त रुपमा उठाउने परिपत्रमा उल्लेख छ । सदनमा खबरदारी गर्दागर्दै सरकार झनझन प्रतिगमनतिर अगाडि बढेमा सडक आन्दोलनबाहेक अर्को विकल्प नहुने माओवादीको ठहर छ ।

प्रकाशित मिति: Aug 19, 2024

प्रतिक्रिया दिनुहोस्