Logo
५ आश्विन २०८१, शनिबार
(August 19, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सहकारी छानबिन समितिले भदौ ७ गते रवि लामिछानेसँग बयान लिने

 सहकारी विशेष समितिले आगामी बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बयान लिने भएको छ।

आज पाँचवटा सहकारी संस्थाका सञ्चालक तथा व्यवस्थापकसँग बयान लिएको समितिले अब भदौ ७ गते बस्ने बैठकमा पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्रीसमेत रहेका लामिछानेसँग बयान लिने तयारी रहेको समिति सदस्य लेखनाथ दाहालले जानकारी दिएका छन्।

लामिछानेसँगै पूर्वडीआईजी छविलाल जोशीको पनि बयान लिइने भएको छ। अब केही व्यक्तिको मात्रै बयान लिन बाँकी रहेको दाहालले बताए।

हालसम्म जेलमा रहेका १९ जना र अपचलन भएको भनिएका सहकारीका व्यवस्थापक, सञ्चालक र पदाधिकारी गरी २० जनासँग बयान लिइसकेको छ।

बयान लिने काम अन्तिम चरणमा पुगेसँगै समितिले प्रतिवेदन लेखनको काम पनि तीव्र पारेको छ। प्रतिवेदनलाई ३ भागमा लेखिने भएको छ।

पहिलो भागमा प्रमाणलाई लिपिबद्ध गर्ने, दोस्रो भागमा समस्या र समाधान र तेस्रो भागमा दण्डित गर्नुपर्ने व्यक्तिको नामै उल्लेख गर्ने तयारी समितिको छ।

गत जेठ १५ गते गठन भएको समितिले सहकारीको रकम अपचलन भएको सम्बन्धमा छानबिन गरी प्रतिवेदन दिन ३ महिनाको समय पाएको छ।

प्रकाशित मिति: Aug 19, 2024

प्रतिक्रिया दिनुहोस्