Logo
५ आश्विन २०८१, शनिबार
(August 19, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पञ्चाङ्ग निर्णायक समितिको निश्कर्ष : विशिष्ट व्यक्तिलाई मात्रै भद्राको दोष

काठमाडौं, भदौ ३ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले विशिष्ट व्यक्तिहरू बाहेक सर्वसाधारणले आज बिहानैदेखि रक्षाबन्धन गर्दा केही फरक नपर्ने जनाएको छ । समितिले विशिष्ट व्यक्तिहरूले दिउँसो १ बजेपछि मात्रै रक्षाबन्धन गर्नु मुनासिब हुने जनाउँदै सर्वसाधारणहरुलाई भने कुनै दोश नरहेको निश्कर्ष निकालेह हो । समितिका अनुसार भाद्र ३ गते सोमवार पूर्णिमा तिथि ४७ घडी १९ पला रहेको छ ।

सो तिथिलाई देखाएर गणस्नान, उपाकर्म नूतन यज्ञोपवीतधारण, ऋषितर्पणी एवं रक्षाबन्धन आदि कृत्यहरूको काल सम्बन्धमा विभिन्न सामाजिक सञ्जालमा उठेका तर्कहरूले सर्वसाधारण जनतामा भ्रम पैदा भइरहेको भन्दै समितिले यसबारे स्पष्ट पारेको हो ।

समितिका अनुसार घण्टा मिनेटअनुसार सोमबार दिउँसो १ः३१ बजेसम्म भद्रा परेको छ । यसमा अन्य कर्म गर्न भएपनि भद्राभित्र रक्षाबन्धनलगायत जनैपूर्णिमा सम्बन्धी कर्म गर्न मिल्छ कि मिल्दैन भन्ने नै मुख्य प्रश्न रहेको देखिएको समितिले जनाएको छ।

समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले भद्रामा श्रावणीसम्बन्धी काम र होलिकादहनको काम गरेमा श्रावणीको कामबाट राजा अर्थात् राष्ट्रप्रमुख र होलिका दहन गरेमा गाउँ एवं सहरको नाश हुन्छ भन्ने विषय स्पष्ट उल्लेख भएको बताए ।

 

प्रकाशित मिति: Aug 19, 2024

प्रतिक्रिया दिनुहोस्