Logo
३१ भाद्र २०८१, सोमबार
(August 19, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकार दिगो र स्थिर ढंगले सेयर बजार अघि बढेको हेर्न चाहन्छः उपप्रधानमन्त्री पौडेल

काठमाडौं- अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सेयर बजारलाई परिपक्व र दिगो ढंगले अघि बढाउनका लागि नीतिगत र संरचनागत प्रवन्ध गरी प्रविधिको प्रयोगमा जोड दिने बताएका छन्।

आइतबार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको दिगो आर्थिक विकासका लागि नीतिगत सुधार विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले पछिल्ला दिनहरुमा शेयर बजारको बारेमा प्रायः चर्चा हुने गरेको भन्दै सेयर बजार अहिले उत्साहित रहेको बताए। उनले सेयर बजार अर्थतन्त्रको ऐना भएको भन्दै सेयर बजारले अर्थतन्त्रको अवस्थालाई प्रतिविम्वित गर्ने बताए।

सरकारले लिएका नीतिहरुका कारण शेयर बजार उत्साहित रहेको उनले बताए। उनले सरकारले दिगो, स्थिर ढंगले सेयर बजार अघि बढेको हेर्न चाहेको बताए। अर्थमन्त्री पौडेलले इन्साइडर ट्रेडिङका कुरा र लगानीकर्ताको लगानी नडुबोस् भन्ने सुझावमाथि सरकार गम्भीर रहेको बताए।

‘सरकारका पहलकदमी र पछिल्ला कतिपय निर्णयहरुले, मौद्रिक नीति लगायतका कतिपय नीतिहरुले अर्थतन्त्रलाई चलायमान गर्न, गतिशिल तुल्याउन सकारात्मक संकेत गरेको छ। पछिल्ला दिनहरुमा प्रायः चर्चा हुने गर्छ, सेयर बजारको। काफी चर्चा हुने गरेको छ।

यो चर्चाका निम्ति मैले केही भन्नुछैन। मैले यति मात्रै भन्न चाहन्छु, स‍ेयर बजार अहिले उत्साहित छ। हामीले भन्ने गरेका छौं, सेयर बजार अर्थतन्त्रको ऐना हो। यसले हाम्रो अर्थतन्त्रको अवस्थालाई प्रतिविम्वित गर्दछ।

यस हिसावले सरकारले लिएका नीतिहरुका कारण शेयर बजार उत्साहित छ’ उनले भने,’हामी दिगो, स्थिर ढंगले सेयर बजार अघि बढेको देख्न चाहन्छौं। त्यसका निम्ति आवश्यक पर्ने नीतिगत प्रवन्ध, आवश्यक पर्ने संरचनागत प्रवन्ध, आवश्यक प्रविधिको प्रवन्ध मैले तीन पक्षमा ध्यान दिनुपर्ने आवश्यकता देखिरहेको छु।

सेयर बजारलाई परिपक्व र दिगो ढंगले अघि बढाउनका लागि नीतिगत प्रवन्ध, संरचनागत प्रवन्ध र कतिपय प्रविधिको पनि प्रवन्ध गर्नुपर्ने आवश्यकता छ।’

प्रकाशित मिति: Aug 19, 2024

प्रतिक्रिया दिनुहोस्