Logo
५ आश्विन २०८१, शनिबार
(August 19, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बझाङको टुमेडा पहिरोः ४ जनाको मृत्यु, ६ जनाको जीवितै उद्धार

काठमाडौं, भदौ ३ । अविरल वर्षासँगै बझाङको बुङ्गल नगरपालिका–१० स्थित टुमेडा गाउँमा पहिरो जाँदा चारजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बुङ्गल–१० का टुमेडाका काली धामी, गोल्की धामी, आकृति धामी, लक्ष्मी धामी रहेका सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले जानकारी दिए ।

गए राति गएको पहिरोमा घर पुरिँदा चारजनाको मृत्यु भएको उनले बताए । उनले भने, ‘चारजनाको मृत्यु भएको र छजनाको उद्घार गरिएको खबर छ, हामी राहत सामग्री लिएर प्रभावित क्षेत्रमा जाँदैछौँं ।

पहिरोमा परी पुरिएका शव स्थानीय र प्रहरीको टोलीको सक्रियतामा बिहान निकालिएको हो । पहिरोमा पुरिएका अन्य छजनाको जीवितै उद्घार गरिएको छ । वीरबहादुर धामी, उज्जल धामी, रोशन धामी, कमला धामी, अम्बादत्त जोशी र शान्ति धामीको जीवितै उद्धार गरिएको छ ।

प्रकाशित मिति: Aug 19, 2024

प्रतिक्रिया दिनुहोस्