Logo
३१ भाद्र २०८१, सोमबार
(August 16, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भुटानी शरणार्थी प्रकरण: बेचनको थुनछेक बहस आज पनि सकिएन

काठमाडौं,३२ साउन । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका बेचन झाविरुद्धको थुनछेक बहस आज पनि नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ ।

जिल्ला न्यायाधीश तीर्थराज केसीको इजलासमा बुधबार बयान सकिएर र शुक्रबार थुनछेक बहस सुरु भएको हो।

तर बहस नसकिएकाले आइतबारलाई हेर्दाहेर्दैमा राखिएको जिल्ला अदालत काठमाडौंले जनाएको छ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहको मुख्य नाइके मानिएका बेचन असार १५ गते काठमाडौंबाट पक्राउ परेका थिए । उनीविरुद्ध विभिन्न चारवटा मुद्दाहरु अघि बढाईएको छ ।

प्रकाशित मिति: Aug 16, 2024

प्रतिक्रिया दिनुहोस्