Logo
५ आश्विन २०८१, शनिबार
(August 16, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गठ्ठाघर दुर्घटनाको गम्भीरतापूर्वक छानबिन गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं, साउन ३२ । गृहमन्त्री रमेश लेखकले भक्तपुरको गठ्ठाघरमा विहिबार भएको सवारी दुर्घटनाको छानबिन गर्न प्रहरी महानिरीक्षकलाई निर्देशन दिएका छन् । गृहमन्त्री लेखकले दुर्घटना हुनुको कारणसहित गम्भीरतापूर्वक छानबिन गर्न प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई निर्देशन दिएका हुन् ।

उक्त दुर्घटना हुनुमा असुरक्षित तवरले गरिएको ट्राफिक जाँच जिम्मेवार भएको स्थानीयको आरोप रहेको छ । ट्राफिक प्रहरीले जथाभावी चेक प्वाइन्ट राखेर चेकिङ गरेकैले घटना भएको भनेर सामाजिक सञ्जालदेखि घटनास्थलसम्म आलोचना भइरहेको छ ।

बिहीबार दिउँसो भक्तपुरको गठ्ठाघर चोकनजिकै ट्रकले ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको थियो । ना ६ ख २१७३ नम्बरको ट्रकले बा ३९प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ओखलढुंगा स्थायी घर भएका उत्तम कोइरालाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनास्थलबाट फरार भएका ट्रक चालकलाई नयाँ बानेश्वर वृत्त तीनकुनेले पक्राउ गरेको छ ।

प्रकाशित मिति: Aug 16, 2024

प्रतिक्रिया दिनुहोस्