Logo
५ आश्विन २०८१, शनिबार
(August 15, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माओवादी स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डले आज जवाफ दिने

३१ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिँदै छन् । त्यसका लागि आज बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बोलाइएको छ ।

गत शुक्रबारदेखि सुरु भएको स्थायी समिति बैठकमा पार्टीभित्रका समस्या र समाधानका विषयमा छलफल हुँदै आएको छ । कतिपय नेताहरुले अध्यक्ष प्रचण्डको कार्यशैलीमाथि प्रश्न उठाउँदै नेतृत्वमा उनको विकल्पसमेत खोजेका छन् ।

उपमहासचिव जनार्दन शर्माले लिखित धारणा राख्दै अध्यक्ष प्रचण्डको विकल्पमा तेस्रो पुस्ताका युवालाई नेतृत्व दिनुपर्ने प्रस्ताव राखेका थिए ।

त्यसका लागि हालको केन्द्रीय समिति भंग गरी अध्यक्ष प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाई प्रत्यक्ष निर्वाचनबाट नयाँ नेतृत्व चयनको बाटो अपनाउनुपर्ने शर्माको प्रस्ताव छ ।

बैठकमा धारणा राख्ने अन्य नेताहरुले पनि नेतृत्व र नेताहरुको कार्यशैलीमा प्रश्न उठाएका छन् ।
साथै पार्टीको नाम र चुनाव चिह्न फेर्नुपर्ने लगायतका आवाज पनि बैठकमा उठेका छन् ।

 

प्रकाशित मिति: Aug 15, 2024

प्रतिक्रिया दिनुहोस्