Logo
५ आश्विन २०८१, शनिबार
(August 15, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

झापामा नागरिकता बनाउनेभन्दा राहदानी लिने बढी

झापा । जिल्ला प्रशासन कार्यालयबाट नागरिकताभन्दा राहदानी लिनेको सङ्ख्या ह्वात्तै बढेको छ । आर्थिक वर्ष २०८०–८१ मा २५ हजार चार सय ५५ जनाले राहदानी तथा १८ हजार आठ सय २२ जनाले नागरिकता लिएका छन् ।

गत आवमा राहदानीबापत रु १४ करोड ७३ लाख ६७ हजार सात सय राज्यकोषमा दाखिला भएको छ । राहदानी लगायत अन्य सेवाबाट जिल्ला प्रशासन कार्यालयले रु १५ करोड ३० लाख ३९ हजार चार सय ४४ सङ्कलन गरेको छ ।

यसैबीच उक्त कार्यालयले चालु तथा पुँजीगत खर्च रु तीन करोड ८६ लाख १६ हजार चार सय ५७ भएको जनाएको छ ।

प्रकाशित मिति: Aug 15, 2024

प्रतिक्रिया दिनुहोस्