Logo
५ आश्विन २०८१, शनिबार
(August 15, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिन्धुलीमा बोलेरो दुर्घटना, दुईजनाको मृत्यु, ११ घाइते

 सिन्धुलीको कमलामाई नगरपालिका-२ मा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। ११ जना घाइते भएका छन्।

तिनकन्याबाट सदरमुकामतर्फ आउँदै गरेको बा २० च ८२८३ नम्बरको बोलेरो दुर्घटना भएको  जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी गोविन्द काफ्लेले जानकारी दिए।

मृतकको पहिचान खुलेको छैन। घाइतेलाई उपचारका लागि सिन्धुली अस्पताल पठाएको उनले बताए।

दुर्घटनापछि बीपी राजमार्ग अवरुद्ध भएको छ।

 

प्रकाशित मिति: Aug 15, 2024

प्रतिक्रिया दिनुहोस्