Logo
५ आश्विन २०८१, शनिबार
(August 13, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आयोगले थाल्यो उपनिर्वाचनको तयारी, मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान

 निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेको छ।

आयोगले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचनको मिति तोकिनु अगावै मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेको हो।

‘मतदाता नामावली ऐन, २०७३ को दफा ४ (२) बमोजिम निर्वाचनको मिति तोकिएपछि सोही मितिदेखि उक्त निर्वाचन प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य स्थगित गर्नुपर्ने कानूनी व्यवस्था रहेको छ।’ आयोगले भनेको छ, ‘तसर्थ नेपाल सरकारले उपनिर्वाचनको मिति घोषणा गर्नुपूर्व नै योग्यता पुगेका नेपाली नागरिकले मतदाता नामावलीमा नाम दर्ता तथा अद्यावधिक गरी मताधिकार सुनिश्चित गर्न तथा यस कार्यमा आवश्यक सहयोगका लागि आयोग सबैमा आग्रह गर्दछ।’

विभिन्न कारणले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका देशभरका र विशेषतः पद रिक्त भएका देहायका उपनिर्वाचन गर्नुपर्ने स्थानीय तह भित्रका योग्यता पुगेका नेपाली नागरिकलाई उपनिर्वाचनको मिति घोषणा हुनुपूर्व नै मतदाता नामावलीमा नाम दर्ता गर्न आव्हान गरेको हो।

वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनपश्चात् देशभरबाट विभिन्न कारणले नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा वडाध्यक्ष गरी जम्मा ३४ पद रिक्त रहेको जानकारी आएको र सोही बमोजिम उपनिर्वाचनको तयारी थालिएको आयोगका सहसचिव एवं प्रवक्ता रघुराम विष्टले जानकारी दिए।

 

प्रकाशित मिति: Aug 13, 2024

प्रतिक्रिया दिनुहोस्