Logo
५ आश्विन २०८१, शनिबार
(August 13, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

युवाहरूलाई प्रधानमन्त्रीको आग्रह : २०-३० वर्षमा बिहे गर्नुस्, बच्चाबच्ची पाइहाल्नुस्

 प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूलाई २० देखि ३० वर्षको उमेरमा विवाह गर्न सुझाव दिएका छन्।

नेपाल युवा सम्मेलनमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले देशमा जनसंख्या घट्दो क्रममा रहेको बताए।

देश ज्येष्ठ नागरिकको मात्र हुने खतरा बढेको उनको भनाइ छ।

‘गीत गाउँछन् ४० कटेसी रमाउँला भनेर, उमेर छन्जेल विदेशमा बसेपछि जनसंख्या झन् घट्ने भो।’ ओलीले भने, ‘मेरो एउटा सुझाव छ, २०-३० वर्षमा बिहे गर्नुस् छिट्टै बच्चाबच्ची पाइहाल्नुस्। त्यसो गरेपछि काममा लागे पनि भयो, विदेश गए पनि भयो, छोराछोरी हुर्कँदै गर्छन्।’

 

प्रकाशित मिति: Aug 13, 2024

प्रतिक्रिया दिनुहोस्