Logo
५ आश्विन २०८१, शनिबार
(August 13, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कुलमानलाई ऋषिकेशको चुनौती: मैले बोलेको कुरा असत्य भए टुँडिखेलमा झुन्ड्याउनुस्, म तयार छु

काठमाडौं,२९ साउन । संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले विद्युत् प्राधिकरणले व्यवसायीको मिलेमतोमा १६ अर्ब तलमाथि गरेको भन्दै आफ्नो भनाइ पुष्टि नभए टुँडिखेलमा लगेर झुन्ड्याउन आग्रह गरेका छन् ।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सभापति पोखरेलले तत्कालीन प्रचण्ड नेतृत्वको सरकारले व्यापारीलाई १६ अर्ब विद्युतको पैसा छुट दिएको आरोप लगाएका छन् ।

उनले भने, ‘आठ अर्बको विद्युत बिल व्यवासायीलाई पठायो, त्यो पनि समितिमा हल्लाखल्ला भयो । २२ अर्ब उठाउनुपर्नेमा ८ अर्बको बिल गएपछि सिंगो समितिका त्यो विषय उठेपछि छलफल लगेका थियौं । त्यही एक माननीयले भन्नुभयो सरकारले १६ अर्ब छुट दियो र ६ अर्ब तिर्नुपर्ने अन्य दायित्वसहितको जोडेर ८ अर्बको बिल पठाएको छ। यो बिषय छलफल गरिनुपर्छ । हामीले महालेखाको प्रतिवेदनमा उल्लेखित बिषयलाई छलफल नगरी कसरी ८ अर्बको बिल भयो भनेर हामीले खोजि गरेका थियौं। हामीले व्यवसायिकहरुसँग पनि छलफल गरेका थियौं ।’

नेकपा एमालेका सांसदसमेत रहेका पोखरेलले १६अर्ब रकम छुट दिने प्रचण्ड सरकार क्रान्तिकारी र आफू २२ अर्ब उठाउनुपर्छ भन्ने अपराधी करार भएको भन्दै यो कस्तो न्याय हो भन्दै प्रश्न गरे । उनले आफूलाई प्रचण्ड सरकारले अपराधी करार गरेको जिकिर गरे । उनले आफूमाथि प्रश्न उठेको भन्दै भने, “१६ अर्ब छुट दिने क्रान्तिकारी २२ अर्ब उठाउनुपर्छ भन्ने सभापति भ्रष्टाचारी यो कहाँको न्याय हो ?”

उनले आफूले बोलेको कुरा झटा प्रमाणि गर्न नेपाल विद्युत प्राधिकरणका एमडी कुलमान घिसिङलाई चुनौसमेत दिएका छन् । “मसँग तथ्य छन् र प्रमाण छन् । मेरा भनाइहरू कसैले असत्य प्रमाणित गरिदिनुस्, असत्य प्रमाणित गरिदिनु भए मलाई टुँडिखेलमा झुन्ड्याउनुस्, म तयार छु । यी कागजहरूले बोल्छन्,” पोखरेलले चुनौती दिँदै भने, “इमानको चरित्र हत्या गरेर भ्रष्टहरूको सबैप्रति यो सदनको तर्फबाट भन्न चाहन्छु, मुर्दावाद छ ।”

प्रकाशित मिति: Aug 13, 2024

प्रतिक्रिया दिनुहोस्