Logo
५ आश्विन २०८१, शनिबार
(August 13, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भुटानी शरणार्थी, गिरीबन्धु र डेडिकेटेड र ट्रंकबारे सरकारले स्पष्ट पार्नुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भुटानी शरणार्थी प्रकरण, गिरीबन्धु जग्गा प्रकरण र डेडिकेटेड र ट्रंक लाइनको विषयमा सरकारलाई सदनमा स्पष्ट पार्न आग्रह गरेका छन् ।

उनले उठेका ति विषयहरु जहाँ जे अवस्थामा छन् त्यहीँबाट काम अघि बढाउन पनि भनेका छन् ।

मंगलबारको प्रतिनिधिसभाको विशेष समयमा बोल्दै थापाले यो विषयहरूमा सरकार भाग्ने नभइ स्पष्ट जवाफ दिनेतर्फ लाग्नुपर्ने बताए ।‘भुटानी शरणार्थी र गिरीबन्धुको विषयबाट सरकार भाग्ने होइन । भुटानी शरणार्थी प्रकरण, गिरीबन्धु जग्गा र डेडिकेटेड र ट्रंक लाइनबाट भाग्ने होइन हामीले स्पष्ट पार्ने हो,’ थापाले भने, ‘गिरीबन्धुको विषयमा सर्वोच्च आदेशमा जग्गा फिर्ता गर्ने भन्ने छ । त्यसलाई कारबाही गर्नुप¥यो । तुरुन्त जग्गा फिर्ता ल्याउनुप¥यो ।’

प्रकाशित मिति: Aug 13, 2024

प्रतिक्रिया दिनुहोस्