Logo
५ आश्विन २०८१, शनिबार
(August 13, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिजुलीको बक्यौता उठाउन पनि प्रधानमन्त्रीलाई निर्देशन दिनुस् : सांसद ढकाल

काठमाडौँ । सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकाललाई आकस्मिक समयमा बोल्न रोकेपछि रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले केही बेर संसद् अवरोध गरेका छन् ।

मंगलबार प्रतिनिधिसभाको आकस्मिक समयमा सांसद हरि ढकालले सार्वजनिक यातायात क्षेत्र असुरक्षाको विषयमा बोल्न समय माग गरेको तर अर्को विषय उठाउन खोजेको भन्दै सभामुख घिमिरेले ढकालको माइक काटेका थिए ।

त्यसपछि रास्वपा र राप्रपा सांसदहरू उठेर होहल्लासहित अवरोध गर्न पुगे । उनीहरूले सांसदलाई बोल्नबाट रोक लगाउन नहुने भन्दै विरोध जनाए ।

त्यस क्रममा सभामुख घिमिरेले रास्वपा सभापति रवि लामिछानेलाई बोल्न समय दिए । उनले सांसद हरि ढकालले विद्युत् महसुलको विषय उठाउने बित्तिकै सभामुखले माइक काटिदिएको भन्दै विरोध जनाए ।

त्यसपछि रास्वपा सांसद उठेर होहल्ला गरिरहे । रास्वपा सांसदले अवरोध गरेपछि सत्तारुढ दलका सांसद रघुजी पन्त र ठाकुर गैरे उठेर बोल्न खोजे पनि सभामुखले समय दिएनन् । त्यसपछि सभामुख घिमिरेले पुनः ढकाललाई बोल्न समय दिए ।

त्यसपछि ढकालले बिजुलीको लाइनको महसुल उठाउन प्रधानमन्त्रीलाई निर्देशन दिन आग्रह गरे । उनले भ्रष्टाचारसम्बन्धी संसद्मा उठाउन लाग्दा प्रतिपक्षमाथि समय नदिएर दबाउन खोजिएको बताए । उनले २२ अर्बको बक्यौता ६ अर्बमा पुग्दा असुल गर्न चासो नभएको र संसद्मा आकस्मिक विषय बन्न नसकेको भन्दै आकस्मिक विषय बन्ने दाबी गरे ।

प्रकाशित मिति: Aug 13, 2024

प्रतिक्रिया दिनुहोस्