Logo
५ आश्विन २०८१, शनिबार
(August 13, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रतिपक्षले गलायो सभामुखलाई, हरि ढकाललाई बोल्न दिएपछि बैठक अघि बढ्यो

 रास्वपा सांसद हरि ढकाललाई बोल्दाबोल्दै सभामुखले रोकेपछि सदनमा उत्पन्न भएको अवरोध हटेको छ।

बोल्न नदिएको भन्दै प्रतिपक्षी दलहरूले अवरोध गरेपछि बैठकमा सभामुख देवराज घिमिरे र सांसदहरूबीच केहीबेर सवाल-जवाफ नै चल्यो।

विपक्षी दलहरूका सांसदहरूले निरन्तर अवरोध जारी राखेपछि अन्ततः सभामुख घिमिरेले ढकाललाई पुनः समय दिन बाध्य भए। त्यसपछि आफ्नो धारणा राख्दै ढकालले भने ‘काटिएको विद्युत् लाइन जोड्न प्रधानमन्त्रीले जसरी निर्देशन दिए, उसैगरी महसुल तिर्न पनि निर्देशन दिनुपर्यो।’

ढकालले पुनः समय पाएसँगै विपक्षी दलहरू माओवादी, रास्वपा र राप्रपा सांसदहरू बसेपछि बैठक नियमित कारबाही अघि बढेको छ।

आकस्मिक समयमा डेडिकेटेड र ट्रंकलाईन विद्युत महसुल नतिरेका उद्योगहरूको विषय बोल्न लाग्दा सांसद ढकालको माइक साभामुख घिमिरेले काटिदिएपछि प्रतिपक्षी दलहरूले विरोध गरेका थिए।

 

प्रकाशित मिति: Aug 13, 2024

प्रतिक्रिया दिनुहोस्