Logo
५ आश्विन २०८१, शनिबार
(August 13, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री ओलीले दिए भारतीय प्रधानमन्त्री मोदीलाई भ्रमणको निम्तो

 प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन्।

शिष्टाचार भेटका लागि काठमाडौँ आएका भारतीय विदेश सचिव विक्रम मिस्रीमार्फत प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

नेपाल भ्रमणमा आजै काठमाडौँ आइपुगेका भारतीय विदेश सचिव मिस्रीले आइतवार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेटवार्ता गरेका हुन्।

उनले आजै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा‚ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतसँग पनि भेट गरेका छन्। उनी भोलि स्वदेश फर्कने कार्यक्रम छ।

 

प्रकाशित मिति: Aug 13, 2024

प्रतिक्रिया दिनुहोस्