Logo
५ आश्विन २०८१, शनिबार
(August 13, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

टीआरसी विधेयक सदनमा पेश हुँदै, भोलि प्रधानमन्त्रीले सम्बोधन गरेपछि पारित गर्ने तयारी

काठमाडौं,२९ साउन । संक्रमणकालीन न्याय सम्बन्धी विधेयक आज प्रतिनिधि सभामा पेश हुँदैछ ।

प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकलाई मंगलबार बस्ने प्रतिनिधि सभाको बैठकमा पेस गर्दैछ।

आज पेश हुने सो विधेयक बुधबारको बैठकले पारित गर्ने सरकारले तयारी गरेको छ । भोलिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने तयारी पनि भएको संसद् सचिवालय स्रोतले जनाएको छ । भोलिकै बैठकमा पूर्व प्रधानमन्त्तीद्धय पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवालाई पनि सम्बोधन गराउनेबारे छलफल जारी रहेको स्रोतले जनाएको छ ।

बुधबारप्र तिनिधि सभाबाट पारित भएपछि सो विधेयक राष्ट्रिय सभामा पठाउने र राष्ट्रिय सभाको भदौं ९ गतेको बैठकले पारित गर्ने सरकारको तयारी छ । राष्ट्रिय सभाबाट पारित भएपछि सो विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणिकरण गर्नेछन् । प्रमाणिकरणपछि सो विधेयकले ऐनको रुप लिनेछ ।

प्रकाशित मिति: Aug 13, 2024

प्रतिक्रिया दिनुहोस्